बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

एमबाप्पे चम्किदा पिएसजीको सहज जित

सोमबार, ०५ पुस २०७८, १० : ००
सोमबार, ०५ पुस २०७८

स्टार खेलाडी लियोनल मेस्सी, नेयमारले आराम पाएको खेलमा कप डि फ्रान्समा पेरिस सेन्ड जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ । युवा खेलाडी केलियन एम्बाप्पे चम्किएको खेलमा पीएसजीले फेइग्नीएसलाई ३-० अन्तरले पराजित गरेकाे हाे । 

आइतबार राति भएको सिंगल लेगको खेलमा एम्बाप्पेले २ गोल गरे भने माउरो इकार्डीले १ गोल गरे ।​ पीएसजीले पहिलो हाफमा दुबै गोल पेनाल्टीमार्फत गरेको थियो । खेलको १६ औं मिनेटमा एम्बाम्पेले र ३० औँ मिनेटमा इकार्डीे पेनाल्टी मार्फत अग्रता दिलाए । ५१ औँ मिनेटमा एम्बाप्पले ब्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप