शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

६५ घरमा ‘एक घर एक धारा’

सोमबार, ०५ पुस २०७८, ०८ : ०४
सोमबार, ०५ पुस २०७८

खानेपानीको समस्या भएको बागलुङ नगरपालिका–८ स्थित बाँस्बोट र लाम्पाटा क्षेत्रमा एक घर एक धारा निर्माण सम्पन्न भएको छ । खानेपानीको समस्या भएको साँयकोट क्षेत्रमा गत वर्ष नै ६५ घरमा खानेपानीका घारा जडान भइसकेका छन् ।

अहिले अर्को समस्या ग्रस्त क्षेत्र आलबारी, बाँसकोट, लाम्पाटा, पाखावारी लगायतका क्षेत्रमा खानेपानीको धारा निर्माण भएर पानी पु-याएको छ । अव्यवस्थित सामुदायिक खानेपानीको धारा रहेको उक्त क्षेत्रमा मुस्किलले दिनमा दुई घण्टा मात्रै पानी आउनेमा अहिले घरमै मिटर सहितको धारा जडान भएको सिगानाका स्थानीय कोपिला खड्काले बताए ।

अव्यवस्थित रुपमा रहेको खानेपानीलाई व्यवस्थित गरी घरघरमा धारा जडान गर्दा यस स्थानका स्थानीयहरु खुशीले दंग परेका छन् । उनीहरुले सामुदायिक धारामापानीको पालो समेत पर्खनुपर्ने बाध्यता थियो । खानेपानीको समस्या भोग्दै आएका बागलुङ–८ सिगाना लामिचौर दलित बस्ती बाहेककका २१ मुहानमा खानेपानीको काम चलिरहेको बागलुङ–८ सिगाना खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष यज्ञराज गोतमले जानकारी दिए ।

 “२०७३ सालबाट यहाँ २१ साना÷ठूला मुहानममा खानेपानीको काम भइरहेको छ, अहिले लाम्पाटा लगायतको क्षेत्रमा ६५ घरमा खानेपानी पु¥याएका छौं” उनले भने “बहुवर्षे योजना अन्र्तगत अहिले कोरीखोला क्षेत्रमा समेत ६५ घरमा खानेपानीको काम भइरहेको छ तर लाम्पाटा, पाखावारी लगायतका क्षेत्रमा एक महिनादेखि घर घरमा खानेपानी पुगिसकेको छ ।”  

हाल सम्म उक्त स्थानमा जम्मा १२  सामुदायिक धारा, अव्यवस्थित,  असहज पानीको वितरण थियो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बागलुङको बजेट अनुसार अहिले सिगानामा धमाधम एक घर एक धारा लगायत खानेपानीको पहुँच पु-याउने काम भइरहेको छ ।

पैसठ्ठी घरमा धारा पु-याउनका लागि चितेपानी आलावारीको मुहानबाट पानी ल्याएर २० हजार लिटर क्षमताको पानी संकलन ट्याङ्की निर्माण गरी बितरण गरिएको छ । ती घरमा मात्रै खानेपानी पु-याउन रु. २५ लाख खर्च भइसकेको सो आयोजनाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप