बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस केन्द्रीय सदस्यमा गणेश लामा विजयी

आइतबार, ०४ पुस २०७८, २२ : ४२
आइतबार, ०४ पुस २०७८

विजय कुमार गच्छदार निकट गणेश लामा काँग्रेस केन्द्रीय सदस्यमा विजयी भएका छन् । आइतबार सम्पन्न खुला केन्द्रीय सदस्यको मतगणनाअनुसार काभ्रेका लामा केन्द्रीय सदस्यमा विजयी भएका हुन् । 

उनले १७८२ मत पाएर विजय हासिल गरे । उनी गच्छदारको कोटामा शेरबहादुर देउवा प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवार रहेका थिए । गच्छदार भने उपसभापतिमा दुई मतले पराजित भएका थिए भने उनले पुनः मतगणनाको माग गर्दै आएका छन् । लामाको विगत भने विवादास्पद रहेको छ । उनी गुण्डागर्दीको आरोपमा मुछिँदै आएका थिए 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप