बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अब १४ औं महाधिवेशनका १४ एजेण्डा कार्यान्वयन गर्नतिर लाग्छु : नैनसिंह महर

आइतबार, ०४ पुस २०७८, २२ : २२
आइतबार, ०४ पुस २०७८

नेपाली काँग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य नैनसिंह महरले १४ औँ महाधिवेशन सम्पन्न भएपश्चात सशक्त काँग्रेस, बहुमतको सरकार र समृद्ध देशको यात्रा अघि बढेको बताएका छन् । काँग्रेसको केन्द्रीय सदस्यमा लोकप्रिय मत ल्याएर विजय भएलगत्तै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महरले १४ औं महाधिवेशनका १४ एजेण्डा कार्यान्वयन गर्न अब अगाडि बढ्ने बताए ।

उनले क्रियाशील सदस्य र महाधिवेशन प्रतिनिधि समक्ष  १४ औं महाधिवेशनका १४ एजेण्डा पेश गरेकाले  आफू विजय भएको भन्दै अबको यात्रा एजेण्डा कार्यान्वयनतर्फ हुने बताए । विगत ५ बर्षको अवधिमा जस्तै काँग्रेसमा भागबण्डा हुन नदिई  विधानसम्मत पार्टीलाई गतिशील पार्न आफ्नो भूमिका रहने महरको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप