शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नं १ मा ११ जनामा कोरोना सङ्क्रमण

आइतबार, ०४ पुस २०७८, २१ : ४८
आइतबार, ०४ पुस २०७८

प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ११ जनामा कोरोना सङ्क्रमण देखिएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयका अनुसार २३० जनाको पिसिआर परीक्षण गर्दा झापामा पाँच, मोरङमा चार र इलाममा दुई जनामा सङ्क्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार झापाको दमक र बाह्रदशीमा दुई÷दुई र शिवसताक्षीमा एक, मोरङको उर्लाबारी, लेटाङ, केराबारी र रतुवामाईमा एक÷एक, इलामको चुलाचुली र माईजोगमाईमा एक÷एकजनामा सङ्क्रमण देखिएको हो । 

प्रदेशमा आज  आठ महिलासहित १५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या ९१ रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप