कास्कीमा हत्या आरोपमा एक व्यक्ति पक्राउ

कास्कीमा हत्या आरोपमा एक ब्यक्ति पक्राउ गरेका छन् । मादक पदार्थ सेवन गरी आफ्नै साथीको हत्या गरेको आरोपमा कास्कीको घान्द्रुक बस्ने बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका–९ कुवापानी घर भएका ३६ वर्षीय अर्जुन विकलाई प्रहरीले पक्राउ गरेको हो ।
विकले बाग्लुङ नगरपालिका–६ लहरे पिपल घर भइ घान्द्रुकमा भिक्षा माग्दै हिंड्ने ५७ वर्षीय शिव परियारको हत्या गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवं प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।
तिवारीका अनुसार गत शुक्रवार कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकस्थित चिहान घाटमा परियारको शव फेला परेको थियो । घटनापछि अनुसन्धानका लागि घान्द्रुक पुगेको प्रहरी अधिकृत सहितको टोलीले हत्या गरेको अभियोगमा मृतक परियारसँगै हिँड्ने अर्जुन विकलाई पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरेपछि भएको आपसी विवादमा बिकले परियारको हत्या गरेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा रोकिएन हात्तीको विध्वंश
-
पाल्पा र डडेल्धुरामा सवारी दुर्घटना, दुई जनाको मृत्यु
-
सीके राउतको फुर्सद भएपछि पार्टी एकता हुन्छः रञ्जिता श्रेष्ठ
-
श्वेतपत्रमार्फत विद्युत् प्राधिकरणको अहिलेको यथार्थ बाहिर ल्याइएको छ: मन्त्री खड्का
-
ग्यालेक्सीसँग हार्यो संस्कृति इन्टरनेशनल
-
बीसीसीआईद्वारा आईपीएलका बाँकी सबै खेल रद्द