मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

एमालेसँग वार्ता गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई

आइतबार, ०४ पुस २०७८, २० : १६
आइतबार, ०४ पुस २०७८

सत्ता गठबन्धन दलले अवरुद्ध हुँदै आएको संसद खुलाउनका लागि एमालेसँग वार्ता गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मेवारी दिएको छ ।  आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक अगाडि बसेको सत्तारूढ दलको बैठकले एमालेलाई सहमतिमा ल्याउने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको हो । 

संसदको गतिरोध अन्त्य गर्न तथा एमसीसी परियोजनाबारे भएको छलफलका क्रममा देउवालाई सो जिम्मेवारी दिइएको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।  सत्ता गठबन्धन दलको बैठकमा देउवाले एमसीसी परियोजना छिटो अगाडि बढाउन जोड गरेपनि दलहरूले परिमार्जन बिना अगाडि बढाउन नसकिने धारणा राखेका थिए ।

यस्तै सर्वदलीय बैठकमा भने देउवाले एमसीसी र संसदको अवरोध हटाउने बारे अन्य राजनीतिक दलहरूको धारणा सुनेका थिए । सर्वदलीय बैठकमा नेकपा एमाले बाहेकका दलहरू सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप