शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मध्यपहाडी लोकमार्ग शुक्रबारदेखि अवरुद्ध, अझै दुई दिन बन्द नखुल्ने

आइतबार, ०४ पुस २०७८, १७ : ५५
आइतबार, ०४ पुस २०७८

मध्यपहाडी लोकमार्ग शुक्रबारदेखि अवरुद्ध भएको छ । लोकमार्गको रुकुमपश्चिम सानीभेरी गाउँपालिकास्थित चाइना बगर नजिकै पहिरो झरेपछि अवरुद्ध भएको हो । 

सडक कालोपत्रेको लागि कटिङ गर्ने क्रममा पहिरो झरेको थियो । पहिरो पन्छाउने काम ढिलो भएका कारणले लोकमार्ग अवरुद्ध रहेको छ । पहिरो झरेगलत्तै हटाउन प्रयास भइरहेको छ । तर, पहिरो धेरै ठूलो भएकाले काम ढिला भएको हो । मंगलबारसम्म सडक सुचारु हुने अनुमान गरिएको सानी भेरी गाउँपालिकाका अध्यक्ष नरबहादुर पुनले जानकारी दिए ।

‘दुई वडाको डोजरले सडकमा झरेको पहिरो हटाउने प्रयास भइरहेको छ ।’  उनले भने, ‘अझै पहिरो खुलाउनका दुई दिन जति लाग्छ ।’ लोकमार्ग अवरुद्ध हुँदा यातायातका साधन चल्न सकेका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप