‘चुरीफुरी’ अस्ट्रेलियाको लागि बिक्री
आगामी शुक्रबार अर्थात ९ पुसदेखि देशभर प्रदर्शनमा आउने फिल्म हो ‘चुरीफुरी’ । फिल्मको अस्ट्रेलिया राइट्स बेलेक ब्रोस इन्टर्टेन्टमेन्टले किनेको छ । फिल्मको अस्ट्रेलिया राइट्स बेलेक ब्रोस इन्टर्टेन्टमेन्टले किनेको निर्देशक ऋषिराज आचार्यले जनाकारी दिए । अस्ट्रेलिया बिक्रीसँगै फिल्मको प्रदर्शन अष्ट्रेलिया, अमेरिका र कतार फिक्स भएको निर्देशक आचार्यको भनाई रहेको छ ।
रविन्द्र झा, सुवोध गौतम, राजिवजङ्ग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, पुजा पन्त, सोना बज्राचार्य, दीपक आचार्य, सुरवीर पण्डित, सुनिता श्रेष्ठ ,राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्य लगायतको अभिनय फिल्ममा छ ।
दीपक शर्माको संगीत, भीमफेदी ग्रुपको कोरियोग्राफी, राहुल राईको छायाङ्कन रहेको फिल्ममा नवीन निरौलाको सम्पादन छ । विमला भुसाल, राजेन्द्र खाती, शिव थापा, खेमराज भण्डारी सह–निर्माता रहेको फिल्मको निर्माता ऋषिराज आचार्य र रीना ढकाल (भण्डारी) हुन् । फिल्म निर्देशक आचार्यले नै लेखेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको अवस्था बुझ्न संसदीय समितिले स्थलगत भ्रमण गर्ने
-
मतगणनाको अद्यावधिक परिणाम वेबसाइटमा हेर्न सकिने
-
मंसिर मसान्तभित्र पालिकाहरूको अधिवेशन सम्पन्न गर्न माओवादीले पठायो परिपत्र
-
मौद्रिक नीतिको समीक्षाबारे सीबीफीन असन्तुष्ट
-
ललितपुरसहित विभिन्न स्थानमा ५ जना मृत फेला
-
लुम्बिनी बौद्ध विश्वविद्यालय २८९ जना विद्यार्थी दीक्षित