सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

विवाहको १० दिनमै फिल्म सेटमा फर्किए विक्की, फ्यानले सोधे ‘कट्रिना कहाँ छिन् ?’

आइतबार, ०४ पुस २०७८, १७ : १०
आइतबार, ०४ पुस २०७८

अभिनेता विक्की कौशल फिल्म सेटमा फर्किएका छन् । अभिनेत्री कट्रिना कैफसँग विवाह गरेको दश दिनमै उनी काममा फर्किएका हुन् । विक्कीले इन्स्टाग्राममा एक तस्बिर पोष्ट गर्दै आफु काममा फर्किएको जानकारी दिएका छन् ।
विक्की फिल्म ‘सैम बहादुरको’ सेटमा फर्किएका हुन् । तर उनले तस्बिरका साथ सामाजिक सञ्जालमा फिल्मको नाम उल्लेख गरेका छैनन् । विक्कीले सार्वजनिक गरेको तस्बिरलाई थुप्रैलै प्रतिक्रिया जनाएका छन् । उनको तस्बिरमा फ्यानले कमेन्ट छन् ‘कट्रिना कैफ कहाँ छिन् ?’ । त्यस्तै अर्का एकले लेखेका छन् ‘कट्रिना भाउजु कहाँ छिन् ? । कट्रिना कैफको साथ तस्बिर सार्वजनिक गर्न समेत उनलाई केहीले माग गरेका छन् ।

‘सैम बहादुर’ निर्देशक मेधना गुलजारको फिल्म हो । जसमा अभिनेत्री फातिमा सनाशेख र सान्या मल्होत्रा समेत मुख्य भूमिकामा छन् । भारतीय एक सेना प्रमुखको बिषय फिल्मले कथा बनाएको छ । ‘सैम बहादुर’ को अलवा विक्कीसँग अन्य केही प्रोजेक्ट पनि छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप