मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नेविसंघका अध्यक्ष र पूर्व महामन्त्री पनि अन्तिम ३५ मा अटाए

आइतबार, ०४ पुस २०७८, १६ : ५१
आइतबार, ०४ पुस २०७८

नेविसंघका वर्तमान अध्यक्ष र पूर्व महामन्त्रीले काँग्रेसको खुलातर्फको मतगणनामा अन्तिम ३५ भित्र मत पाएका छन् । जारी मतगणनाअनुसार झण्डै ३ हजार मत गन्दा वर्तमान अध्यक्ष राजीव ढुंगाना ११७८ मत पाउँदै २७ औं नम्बरमा रहेका छन् । 

यस्तै पूर्व महामन्त्री कुन्दनराज काफ्ले १४२६ मतका साथ २१ औं स्थानमा छन् । कुन्दन कृष्णप्रसाद सिटौला निकटका हुन् भने ढुंगाना शेरबहादुर देउवा निकटका हुन् । यद्यपि दुबै नेता देउवा प्यानलबाट चुनाव लडेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप