शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकता नहुनेलाई मतदाता हुनबाट बञ्चित गर्नु मानवता विरोधी कार्य होः उपेन्द्र यादव

आइतबार, ०४ पुस २०७८, १४ : ५३
आइतबार, ०४ पुस २०७८

जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नागरिकता नहुनेलाई मतदाता हुनबाट रोक्नु कानुन तथा मानवता विरोधी कार्य रहेको बताएका छन् ।  
उनले समाजिक सञ्जालमा निर्वाचन प्रक्रियामा भाग लिन पाउनु प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै निर्वाचन आयोगले नागरिकता प्रमाणपत्र नहुनेको नाम मतदाता नामावलीमा समावेश नगर्नु असंवैधानिक हुनुका साथै अन्तराष्ट्रिय कानुन विपरित र मानवता विरोधी कार्य रहेको बताएका हुन् ।

नागरिकता प्रमाणपत्र बनाउनु  र नागरिक हुनु दुवै फरक विषय रहेको उल्लेख गर्दै उनले नागरिकता प्रमाणपत्र नभएको  अथवा  राज्यले दिन नसकेको कारणले मात्र कुनै पनि व्यक्ति गैरनागरिक हुन नसक्ने बताएका छन् । लाखौं जन्मसिद्ध नागरिकहरूका सन्तानलाई अझैसम्म राज्यले नागरिकता प्रमाणपत्र दिन नसकेको उनको भनाइ छ ।  लाखौं मधेसीहरुलाई राज्यले नागरिकता प्रमाणपत्र प्रदान नगरेको उनले बताएका छन् ।   

निरकुंश पञ्चायतकाल र राजाको शासनकालमा पनि यस्तो व्यवस्था नरहेका उल्लेख गर्दै उनले नागरिकताको प्रमाणपत्र दिनु पर्ने दायित्व राज्यको भएपनि राज्यले आफ्नो जिम्मेवारी पुरा नगरेको बताएका छन् ।  सबै नेपाली नागरिकहरूको नाम मतदाता नामावलीमा सामेल गर्नु पर्ने उल्लेख गर्दै उनले निर्वाचन आयोग  र सरकारले यस्तो गम्भीर विषयमा समयमै ध्यान पुर्याउनुपर्नेमा पनि जोड दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप