सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

भारतमा दुई युनियन टेरिटोरी र ११ राज्यका १२६ जनामा देखियो ओमिक्रोन

आइतबार, ०४ पुस २०७८, १३ : ५२
आइतबार, ०४ पुस २०७८

भारतमा पछिल्लो २४ घन्टामा १३ जनामा कोभिडको नयाँ भाइरस ओमिक्रोन देखिएको छ । कर्नाटक र  महाराष्ट्रका ६–६ जनामा र केरलाका चार जनामा ओमिक्रोन संक्रमण देखिएको हो । यो सँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १२६ पुगेको छ । अहिलेसम्म दुई युनियन टेरिटोरी र ११ राज्यमा नयाँ भेरियन्ट देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार महाराष्ट्रमा ४३,  दिल्लीमा २२, राजस्थानमा १७, कर्नाटकमा १४ र तेलंगनामा आठ, गुजरातमा सात  र केरलामा ११ जनामा ओमिक्रोन देखिएको छ । 
त्यस्तै, आन्ध्र प्रदेश, चन्डीगढ, तमिल नाड्डु र पश्चिम बंगालमा एक एक जनामा नयाँ भेरियन्ट देखिएको छ । 

कर्नाटकमा संक्रमित ६ मध्ये एकजना बेलायतबाट आएका व्यक्तिमा देखिएको हो । संक्रमित सबै जनालाई आइसोलसनमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप