बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमसीसीबारे नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबीच छलफल

आइतबार, ०४ पुस २०७८, १३ : १०
आइतबार, ०४ पुस २०७८

नेकपा एकीकृत समाजवादीले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे पार्टीभित्र समान धारणा बनाउन शीर्ष नेताहरुबीच छलफल गरेको छ । आइतबार बिहान काठमाडौको होटल बसेरामा पार्टी अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, पार्टीका मन्त्री र सांसदहरुबीच एमसीसीबारे छलफल भएको हो ।

उक्त छलफलमा आजै बस्ने सर्वदलीय बैठकमा पार्टीका तर्फबाट राख्ने धारणा र नेताहरुले सार्वजनिक रुपमा दिने अभिव्यक्तिमा एकरुपता हुनुपर्ने विषयमा छलफल भएको एक नेताले जानकारी दिए । उनका अनुसार छलफलमा एमसीसीबारे पार्टीले पहिलेदेखि नै लिदै आएको अडान परिवर्तन गर्न नहुने धारणा धेरैजसो नेताहरुले राखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप