मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

ह्वावे स्टार्टअप आईसीटी अवार्ड २०२१ का टप फाइभ फाइनलिस्ट पुरस्कृत

आइतबार, ०४ पुस २०७८, १२ : ३८
आइतबार, ०४ पुस २०७८

ह्वावे स्टार्टअप आईसीटी अवार्ड २०२१ का टप फाइभ फाइनलिस्ट पुरस्कृत भएका छन् । शुक्रबार द सोल्टी, काठमाडौंमा, आयोजित आईसीटी अवार्ड २०२१ को भव्य फाइनलका बीच ह्वावेले ह्वावे स्टार्टअप आईसीटी अवार्ड विधाका शीर्ष ५ फाइनलिस्टलाई पुरस्कृत गरेको हो । 

मुख्य विधाको विजेता खेती भेन्चर प्रालिलाई  कम्पनीले ४३ हजार मूल्य बराबरको ह्वावे क्लाउड पुरस्कार प्रदान गरेको छ भने सोही बिधाका अन्य फाइनलिस्टहरूलाई प्रत्येक विधा बराबर चार हजार ५०० मूल्य बराबर को ह्वावे क्लाउड पुरस्कार प्रदान गरेको छ ।

उक्त पुरस्कार विभिन्न क्षेत्रमा रहि आईसीटी क्षेत्रमा योगदान पुर्याएकोमा प्रदान गरिएको ह्वावे कम्पनीले जनाएको छ ।  कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम झाङलाई आईसीटी अवार्ड र समग्र नेपालको आईसीटी क्षेत्रलाई ह्वावेले निरन्तर सहायता पुर्याइरहेकोमा प्रशंसापत्र हस्तान्तरण गरे ।

सो अवसरमा कम्पनीले नेपालमा आईसीटी उद्योगको विकास एवम् प्रवर्द्धनका लागि आफ्नो दृष्टिकोणमा अडिग रहँदै आईसीटी उद्योगको विकासलाई प्रवर्द्धन गर्न यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिवद्धता जाहेर गरेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप