
जोरबिजोर प्रणाली लगाएपछि कैलालीका अटोरिक्सा चालक आन्दोलित
कैलालीमा अटोरिक्सा चालकहरु आन्दोलित भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जोरबिजोर प्रणाली लगाएको विरोधमा अटोरिक्सा चालक आन्दोलित भएका हुन् ।
रिक्सा चालकहरुले जोरबिजोर प्रणाली खारेजीको माग राख्दै आइतबार धनगढी उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । ठेला व्यवसायी तथा श्रमिक संघका जिल्ला अध्यक्ष लालबहादुर कामीले जोरबिजोर प्रणालीका कारण मजदुर मर्कामा पर्ने बताए ।
रिक्सा चालकलाई लाईसेन्स सिस्टमको व्यवस्था गरी व्यवस्थित रुपमा संचालन गर्नुको साटो जोरबिजोर लगाएर मजदुरको पेटमाथि लात हानिएको उनको भनाइ छ । यो व्यवस्था खारेज नहुँदासम्म अनिश्चितकालीन आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनले जानकारी दिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले पुस १ गतेदेखि अटोरिक्साका लागि जोरबिजोर प्रणाली लागू गरेको हो । नगर क्षेत्रमा भिडभाड बढेको र दुर्घटनाको जोखिम भएको भन्दै उपमहानगरले जोरबिजोर प्रणाली लागू गरेको भए पनि मजदुरहरुले आफूलाई मर्कापर्ने भन्दै विरोध जनाएका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ