प्रहरी वृत्त मालीगाउँलाई कामना विकास बैंकको सहयोग
आइतबार, ०४ पुस २०७८, १२ : ३३
‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत कामना सेवा विकास बैंक लिमिटेडले महानगरीय प्रहरी वृत्त मालीगाउँलाई विभिन्न जनचेतनामूलक साइनबोर्डहरू, माक्स तथा स्यानिटाइजर सहयोग गरेको छ । बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक कार्यक्रममा बैंकका सञ्चालक विश्वेश्वर सुवेदी तथा नायव प्रमुख कार्यकारी अधिकृत हरि प्रसाद लम्सालले उल्लेखित सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।
सहायता हस्तान्तरण कार्यक्रमपछि बैंकका सञ्चालक विश्वेश्वर सुवेदी तथा महानगरीय प्रहरी वृत्त मालीगाउँका प्रहरी नायव उपरीक्षक मीनबहादुर कुँवरले सानो गौचरनमा संयुक्त रुपमा जनचेतनामूलक बोर्डको अनावरणसमेत गरेका छन् । उक्त बोर्डहरू शहरका विभिन्न ठाउँहरूमा राखिने र यसले जनमानसमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश : प्रदेश मामिला समितिको सभापतिमा लामा चयन
-
प्रधानमन्त्रीलाई कोइरालाको प्रश्न: कति पटक विश्वासको मत लिनुहुन्छ ?
-
साताको सेयर बजार : परिसूचकसँगै बढ्यो कारोबार
-
माधवको प्रचण्डलाई व्यङ्ग्य, ‘हाम्रो प्रधानमन्त्रीज्यू अत्यन्तै बिजी हुनुहुन्छ’
-
रविजी गृह मन्त्रालयमा बस्न पाउनुहुन्न : शेखर कोइराला
-
संसद्लाई धेरै समय बन्धक बनाएर राख्नुहुँदैन : सभामुख