मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

यु–१९ महिला साफ च्याम्पियनसिप : भारतलाई रोके नेपाल फाइनलमा

आइतबार, ०४ पुस २०७८, १२ : २८
आइतबार, ०४ पुस २०७८

सिंगल राउण्ड रोबिनको आधारमा जारी यु–१९ महिला साफ च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले चिरपरिचित भारतको सामना गर्दैछ । जारी साफमा शीर्ष स्थानमा रहेको नेपालले तेस्रो स्थानको भारतको सामना गर्न लागेको हो । 
बंगलादेशको राजधानी ढाकामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । नेपाललाई प्रतियोगितामा लगातार दोस्रो पटक फाइनलमा पुग्ने अवसर छ । नेपालले भारतविरुद्ध बराबरी नतिजा निकाले पनि फाइनल पुग्नेछ । जित हाँसिल गरेमा नेपाल अन्य खेलको भर पर्नुपर्ने छैन । 

आइतबार नै बंगलादेश र भुटान प्रतिस्पर्धा गर्दैछन् । यस खेलबाट अर्को फाइनल पुग्ने टोलीको छिनोफानो हुनेछ ।  प्रतियोगितामा ३ खेलबाट नेपाल र बंगलादेशको समान ७ अंक रहेको छ । यता, भारतको भने ६ अंक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप