विषेश शोमा रुचाइयो ‘फिच्यो’
फिल्म ‘फिच्यो’ अर्थात ‘कान्छी छोरी’ को विषेश शो सम्पन्न भएको छ । शनिबार सामाखुसीस्थित पुरानो विश्व हल (अहिले रानीदेवी पार्टी प्यालेस) मा आयोजित एक समारोहकाबीच फिल्मको शो गरिएको हो । शोमा उपस्थित अधिकांशले फिल्म राम्रो बनेको प्रतिक्रिया दिँदा केहीले भने युवालाई विकासका लागि जुट्न र गाउँमै फिल्मले दिएको सन्देश मार्मिक लागेको बताए ।
तमु कलाकार संघ निवर्तमान अध्यक्ष राजु गुरूङ, लमजुङ घले समाजका अध्यक्ष दुतराज घले, गायक सहजकुमार घले, उत्तरी गोरखा सांस्कृतिक समाजकी अध्यक्ष सुनिला गुरूङ, गुरूङ फिल्मका नायक बुद्ध गुरूङ, आनन्द गुरूङ, संगीतकार सन्तोष श्रेष्ठ, आँशु लामा, पत्रकार शान्ति प्रियलगायतको प्रिमियरमा सहभागिता रहेको थियो । फिल्मको अमेरिकाको विषेश शो भने १ जनवरीमा अमेरिकाको उत्तरी क्यारोलिना राज्यको शार्लोट शहरमा साँझको ५ बजे आयोजना हुँदैछ ।
नेपाली, अङ्ग्रेजी र गुरुङ गरेर तीन भाषामा निर्माण भएको फिल्ममा विश्वास गुरूङ, इन्द्र घले (काशी), टिकाराम घले, सीतादेवी गुरुङ, डिबी गुरुङ, कल्याण थापा, कृष्ण गुरुङ, सुवेदार मन्त्री जङ गुरुङ, अञ्जना गुरुङ, पेम्बा छिरिङ शेर्पा, सिर्जना गुरुङ, बिरुप घले लगायतको अभिनय रहेको छ ।
गुरुङ समुदायको रीतिरिवाज, भेषभुषा, चालचलन सहितको कथावस्तु बोकेको फिल्म स्वदेशका आकर्षक लोकेशनमा भएको फिल्म विकास घले गुरुङको लेखन, निर्देशन तथा सम्पादनमा तयार भएको हो । रेड ओसियन इन्टरटेन्मेन्टको पहिलो प्रस्तुति रहेको फिल्ममा प्रकाश गुरुङ (काश) का छायाङ्कन, सन्तोष श्रेष्ठ र गणेश गुरुङको संगीत छ । फिल्ममा लेखन, निर्देशन तथा सम्पादन विकास घलेकै रहेको छ । फिल्ममा नृत्य गोरे गुरुङको रहेको छ ।
शान्ति माया गुरुङ (युएसए), मन्त्री जङ गुरुङ, बुद्धिमाया गुरुङ (इराक) र अविनाश यम.जि (मांगसुम) निर्माता रहेको फिल्मले बिग्रँदो सामाजिक परिस्थितिले कर्मठ र जेहेन्दार युवालाई कसरी असर पुर्याउँछ भन्ने देखाउन खोजिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण