शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

इराकको बगदादको ग्रीन जोनलाई लक्षित गरी रकेट आक्रमण

आइतबार, ०४ पुस २०७८, १२ : १५
आइतबार, ०४ पुस २०७८

मध्य बगदादमा रहेको अमेरिकी दूतावास रहेको ग्रिन जोनमा आइतबार बिहान दुईवटा कात्युशा रकेट प्रहार गरिएको इराकी समाचार एजेन्सी (आईएनए) ले जनाएको छ।

एउटा रकेट अमेरिकी दूतावास साइटको सुरक्षा गर्ने ( C-RAM)प्र तिरक्षा प्रणालीद्वारा हावामा नष्ट भएको  र अर्को क्षेत्रको भव्य समारोह स्क्वायर नजिकै अवतरण भएको थियो जसले दुईवटा नागरिक कारहरूलाई क्षति पुर्याएको एजेन्सीले  जनाएको छ ।

आईएनएका अनुसार हताहतको बारेमा तत्काल कुनै खबर आएको छैन र सुरक्षा बलले घटनाको अनुसन्धान थालेको छ। केही मुख्य इराकी सरकारी कार्यालयहरू र अमेरिकी दूतावास रहेको ग्रीन जोनलाई बारम्बार विद्रोहीहरूले मोर्टार र रकेट आक्रमणद्वारा निशाना बनाइएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप