सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

८४ देशमा फैलियो ओमिक्रोन, डब्लूएचओ भन्छ—प्रयोग भइरहेका खोपको प्रभावकारिताबारे थप अध्ययन आवश्यक

आइतबार, ०४ पुस २०७८, १० : ५२
आइतबार, ०४ पुस २०७८

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस ८९ देशमा फैलिएको र समुदाय स्तरमा फैलिएका क्षेत्रमा यसले भयाबह स्वरुप लिएको विश्व स्वास्थ्य संगठनले (डब्लूएचओ) ले जनाएको छ । ओमिक्रोन भाइरस विश्वको ठूलो जनसंख्यामा तीव्र गतिमा फैलिएको छ । वैज्ञानिकहरुले विद्यमान खोपले नै ओमिक्रोनविरुद्ध काम गर्ने र त्यसका लागि बुस्टर डोज चाहिने बताउँदै आएका छन् ।

ओमिक्रोन फैलिएपछि विभिन्न देशले बुस्टर डोजलाई तिव्रता दिएका छन्, यद्यपी नयाँ भेरियन्टबारे चौतर्पी त्रास बढ्दो छ । २६ नोभेम्बरमा सर्वप्रथम दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोनलाई डब्लूएचओले भेरियन्ट अफ कन्सर्न बताएको थियो । ल्याबमा गरिएका परीक्षणमा ओमिक्रोनबारे अझै सीमित तथ्यांक उपलब्ध भएकोले थप अध्ययन आवश्यक पर्ने डब्लूएचओको भनाई छ ।  ‘नयाँ भेरियन्टको असर, यसको जोखिम र यसलाई अहिले चलनमा आएका खोप कति प्रभावकारी हुन्छन् भन्ने बारेमा अझै अध्ययन आवश्यक छ,’ डब्लूएचओले भनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप