शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सिख धर्मको निन्दा गरेको आरोपमा अमृतसरको गोल्डेन टेम्पलमा युवकको हत्या

आइतबार, ०४ पुस २०७८, १० : २९
आइतबार, ०४ पुस २०७८

पन्जाबको अमृतसरस्थिर गोल्डेन टेम्पलमा एक युवकको हत्या भएको छ । सिख धर्मको निन्दा गरेको आरोपमा एउटा समूहले युवकको हत्या गरेको हो । ती युवक नियमित साँझको प्रार्थनाको समयमा रेलिङ चढेर मन्दिरको गर्भगृहमा पुगेका थिए । 

उनले सिखहरूको पवित्र पुस्तक गुरु ग्रन्थ साहिव अगाडि रहेको एउटा तरबार समाउने प्रयास गरेका थिए । निधारमा पहेलो फेटा बाँधेका ती युवकको अस्वाभाविक कार्य देखेपछि भक्तजनले उनलाई समाउने प्रयास गरेका थिए । 

सो घटनाबारे सार्वजनिक भएको एउटा सीसी क्यामेरको भिडियो फुटेजमा अन्दाजी २५ वर्ष ती व्यक्तिको अस्वाभाविक गतिविधिपछि  प्रार्थना गर्न आएका व्यक्तिले होहल्ला गरेका थिए । त्यसपछि उनी मन्दिरको रेलिङबाट हाम फालेका थिए । एकै क्षणमा मन्दिरमा जम्मा भएका केही व्यक्तिले उनलाई समातेर कुटेका थिए । लगत्तै उनको मृत्यु भएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप