आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

अचानक चिसो बढेपछि तराईका जनजीवन प्रभावित

आइतबार, ०४ पुस २०७८, १० : २७
आइतबार, ०४ पुस २०७८

अचानक बढेको चिसोका कारण धनुषासहित प्रदेश  को विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । अत्यधिक चिसोका कारण बालबालिका र वृद्धा बढी प्रभावित भएका छन् । 

चिसो बढ्न थालेपछि बजारमा न्यानो लुगाको बिक्री बढेको छ । सर्वसाधारण जाडो छल्न घुर बालेर आगो ताप्न थालेका छन् । चिकित्सकले चिसो बढ्दै जाँदा बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिको विशेष ख्याल गर्न आग्रह गरेका छन् ।

वर्षेनी चिसोका कारण कठ्याङ्ग्रिएर सर्वसाधारणको मृत्यु हुने गरेको छ । चिसो बढ्न थालेपछि रुघाखोकी, ज्वरो, झाडापालाका बिरामी बढ्नसक्ने भएकाले स्वास्थ्य सर्तकता अपनाउन चिकित्सकको सुझाव छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप