प्रचण्डद्वारा उधौली र योमरी पुन्हिको शुभकामना व्यक्त

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उधौली र योमरी पुन्हिको शुभकामना दिएका छन् । आइतबार विहान शुभकामना सन्देश जारी गर्दै किरात समुदायको पर्व उधौली तथा ज्यापू समुदायले मनाउने योमरी पुन्हिका अवसरमा शुभकामना व्यक्त गरे ।
'हरेक नेपालीको पहिचान भनेको उसको परम्परागत संस्कृति हो । यही सांस्कृतिक विविधतासहितको सहिष्णुता नै नेपाली समाजको एकता हो,' शुभकामना सन्देशमा भनिएको छ । नेपाली जनताको बलिदानीपूर्ण संघर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारणले मात्र उपेक्षित क्षेत्र तथा उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको उनको भनाइ छ ।
प्रचण्डले भने, 'सबै समुदायको हक, अधिकार र पहिचानले नै नेपाली राष्ट्रियता सदृढ हुन्छ । समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नती हो ।' मुलुकको सामाजिक विकास र समृद्धिमा यस्ता अमूल्य संस्कृतिहरुको ठूलो योगदान रहँदै आएको उनले बताए ।
'यी पर्वहरुले सम्पूर्ण नेपाली जनसमुदायमा आपसी सद्भाव र सहअस्तित्वको भावना विकास गरुन् भन्दै हार्दिक शुभकामना व्यक्त गर्दछु,' प्रचण्डको शुभकामना सन्देशमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी वार्ता : युक्रेन ३० दिने युद्धविरामका लागि अमेरिकी प्रस्ताव मान्न तयार
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत