बैतडीमा कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएका सङ्क्रमितको मृत्यु

बैतडीमा कोरोना भाइरस विरुद्धका दुवै मात्रा खोप लगाएका एक व्यक्तिको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका १ गुरुखोलाका ८५ वर्षीय पुरुषको जिल्ला अस्पतालमा मृत्यु भएको हो ।
बिहीबार बेलुका ५ बजे अस्पताल भर्ना भएका ती व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी हरिषप्रसाद पन्तले जानकारी दिए । उनका अनुसार कोरोनाका लक्षण देखिएर अस्पताल भर्ना हुन आएका ती वृद्धाका शरिरमा अक्सिजन लेभल ७५ प्रतिशत भन्दा कम रहेको थियो ।
कोभिसिल्डको दुवैमात्रा लगाएका ती वृद्धाको कमजोर स्वास्थ्य अवस्था, अक्सिजन कम र शरिरमा अत्याधिक ‘इन्फेक्सन’ भएर मृत्यु भएको अस्पतालले जनाएको छ । कृतिम अक्सिजन दिँदा पनि कोरोनाका कारण शरिरमा इन्फेक्सन धेरै भएकाले बचाउन नसकिएको अस्पतालले जनाइएको छ । यससंँगै बैतडीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । जिल्लामा हाल तीन जनामात्रै सक्रिय सङ्क्रमित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्भवती महिलाको पेटबाट निकालियो कैँची, १७ वर्ष अघिको घटनासँग थियो साइनो
-
प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित
-
राजावादी समूह बानेश्वरतर्फ अघि बढेपछि ‘धकेलाधकेल’
-
सुनधाराबाट सुरु भयो गणतन्त्रवादीको र्याली (तस्बिरहरू)
-
प्रतिस्थापन विधेयक अघि बढाउन खोजे विपक्षी दलले राष्ट्रियसभा बहिष्कार गर्ने
-
‘सतीदेवी’ युकेको लिफ्ट अफ फिल्ममेकर अवार्डमा छनोट