निजीक्षेत्रलाई विद्युत् व्यापार गर्न दिने कार्यविधि तयार
सरकारले निजीक्षेत्रलाई पनि विद्युत् व्यापार गर्न दिनेगरी ‘विद्युत् व्यापारसम्बन्धी कार्यविधि’ को मस्यौदा बनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् व्यापारसम्बन्धी कार्यविधि बनाएको छ, त्यसमा निजीक्षेत्रलाई पनि विद्युत् व्यापार गर्न दिने व्यवस्था गरिएको हो ।
ऊर्जा मन्त्रालयका एक उच्च अधिकारीले विद्युत् व्यापारसम्बन्धी कार्यविधि बनाइरहेको बताए । त्यसमा निजीक्षेत्रलाई पनि विद्युत् व्यापार गर्न दिनेगरी व्यवस्था गरेको उनको भनाइ छ । संघीय संसद्मा विचाराधीन विद्युत्सम्बन्धी विधेयकमा निजीक्षेत्रलाई पनि विद्युत् व्यापार गर्न दिने प्रस्ताव गरिएको छ । कार्यविधिमा भने त्यस सम्बन्धमा अझै स्पष्ट रूपमा व्यवस्था गरिएको मन्त्रालयले बताएको छ । निजीक्षेत्रलाई देशभित्र मात्र नभएर क्षेत्रीय बजारमा समेत विद्युत् व्यापार गर्न दिनेगरी प्रस्ताव गरिएको स्रोतको भनाइ छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश : एमाले र माओवादी केन्द्रद्वारा समर्थन फिर्ता, जसपा नेपाललाई झट्का
-
'श्रीलङ्काको जिडिपी ३ प्रतिशतले वृद्धि हुन्छ'
-
एपीएफ क्लबले सजिलै हरायो कोशी प्रदेशलाई
-
एचआइभी सङ्क्रमितलाई मासिक भत्ता वितरण
-
त्रिविको सम्पत्ति संरक्षण गर्नुपर्नेमा सांसदको जोड
-
एमालेले पनि लियो मधेस सरकारलाई दिएको समर्थन फिर्ता