आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेशनल लाइफको ‘जीवनश्री सावधिक अमृत बीमालेख’ योजना

शनिबार, ०३ पुस २०७८, २० : ५७
शनिबार, ०३ पुस २०७८

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘जीवनश्री सावधिक अमृत बीमालेख’ नामक नयाँ सावधिक बीमा योजना ल्याएको छ । पोखरामा भएको कम्पनीको चेयरपर्सन क्लबको कार्यक्रममा कम्पनी अध्यक्ष प्रेमा सिंहले सो बीमालेख शुभारम्भ गरेकी हुन् ।

बीमा अवधि समाप्तिपछि ८० वर्ष उमेरसम्म बीमाङ्कको नौ प्रतिशतका दरले प्रत्येक वर्ष आयस्रोतको रूपमा उपलब्ध हुने यस बीमालेखबाट बीमितलाई ८० वर्ष उमेरपछि प्राप्त गर्ने बीमाङ्क रकम र आर्जित वोनसले आफू र आफूमा आश्रित व्यक्तिलाई समेत आर्थिक सहयोग पुग्ने इन्स्योरेन्सले दाबी गरेको छ । कम्पनीका अनुसार सो बीमालेखबाट बीमितको अतिरिक्त आयस्रोत सुनिश्चित तथा बचत र सुरक्षा पनि उपलब्ध हुनेछ । 

आयस्रोत अनुसार ५० हजार रुपैयाँदेखि माथिसम्मको बीमा गर्न सकिने यस योजनामा सहभागी बीमितको जुनसुकै बेला मृत्यु भएपनि परिवारजनलाई एकमुष्ट बीमाङ्क र बोनस प्राप्त हुने बताइएको छ । बीमालेखमा ऋण सुविधासमेत रहेकोले बीमितको तरलता व्यवस्थापनमा योगदान पुग्नेछ ।

                                        

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप