मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेसको खुला केन्द्रीय सदस्यमा १५८९ मत गन्दा कसको मत कति ?

शनिबार, ०३ पुस २०७८, २० : २९
शनिबार, ०३ पुस २०७८

नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना जारी छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १०:३० बजेदेखि खुला केन्द्रीय सदस्यमा मतगणना भइरहेको छ । काँग्रेसमा ३५ जना खुलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुनेमा ९९ जना उम्मेदवार रहेका छन् । खुल्ला केन्द्रीय सदस्यमा  १५८९ मत गन्दा शशांक कोइरालाले  १३१३ मत प्राप्त गरेका छन् ।

उनी शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंहको गरि तीनवटै प्यानलमा थिए ।  १०२२ सहित एनपी साउदले दोस्रो मत  प्राप्त गरेका छन् भने बालकृष्ण खाण ९७५ मतसहित तेश्रो स्थानमा रहेका छन् । त्यस्तै रमेश लेखक ९६९ मतसहित चौथो स्थानमा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप