मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

अपडेट : काँग्रेस खुला केन्द्रीय सदस्यमा ९८८ मत गन्दा शशांक पहिलो, हर्ष बम अन्तिम

शनिबार, ०३ पुस २०७८, १९ : ०६
शनिबार, ०३ पुस २०७८

नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना जारी छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १०ः ३० बजेदेखि खुला केन्द्रीय सदस्यमा मतगणना भइरहेको छ । 

काँग्रेसमा ३५ जना खुलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुनेमा ९९ जना उम्मेदवार रहेका छन् । खुल्ला केन्द्रीय सदस्यमा  ९८८ मत गन्दा शशांक कोइरालाले  ८१४ मत प्राप्त गरेका छन् । 

उनी शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंहको गरि तीन वटै प्यानलमा थिए ।  ६३१ सहित एनपी साउदले दोस्रो मत  प्राप्त गरेका छन्।  शंकर भण्डारीले ५९८ मत पाएका छन् भने बालकृष्ण खाण र रमेश लेखकले ५९६ मत पाएका छन् । ९८८ मत गन्दा हर्षबहादुर बमले २४ मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप