प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाए सर्वदलीय बैठक
प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । आइतबार दिउँसो ४ बजेका बैठक बोलाइएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द परियारले रातोपाटीलाई जानकारी दिए ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार संसद्को गतिरोध अन्त्य गर्नका लागि भोलिको बैठक बोलाइएको हो । ‘नेकपा एमालेको विरोधका कारण अघि बढ्न सकेको छैन । त्यही भएर गतिरोध अन्त्य गरेर संसद्लाई सुचारु गर्न प्रधानमन्त्रीज्यूले पहल सुरु गर्नुभएको हो । सबै दललाई पत्र पठाइसकिएको छ,’ उनले रातोपाटीसँग भने ।
शुक्रबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको थियो । बालुवाटारमा भएको भेटवार्तामा संसदमा भइरहेको अवरोध हटाउन तथा एमसीसी लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएर अघि बढ्नुपर्ने विषयमा दुई नेता सहमत भएका थिए ।
देउवा–प्रचण्ड भेट : सर्वदलीय बैठक बोलाउने तयारी |
यसैबीच नेकपा एमालेले सर्वदलीय बैठकमा सहभागी हुने बारेको पत्र प्राप्त भएपछि मात्रै निर्णय गर्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस सहयोगी रामशरण बजगाईंले अहिलेसम्म पत्र प्राप्त नभएको र पत्रमा उल्लेख भएका विषयका आधारमा बैठकमा जाने वा नजाने बारेमा निर्णय हुने जानकारी दिए ।
गत भदौ २९ गते सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक र प्रधानमन्त्री शेरबहादुर देउवाले असोज १४ गते बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी भएको थिएन । आफ्नो दलले कारवाही गरेका १४ सांसदको सुचना सभामुख अग्निप्रसाद सापकोटाले टाँस नगरेका कारण रुष्ट बनेको एमालेले प्रतिनिधि सभाको नवौं अधिवेशनदेखि बैठक अवरुद्ध गर्दै आएको छ । गत मंसिर २८ गतेदेखि सुरु भएको प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठक पनि एमालेले अवरोध गरेको छ । यही पुस ६ गते दिउसो १ बजे बोलाइएको प्रतिनिधि सभा बैठकको पूर्व सन्ध्यामा एमालेलाई मनाएर संसदको गतिरोध खोल्ने प्रयास स्वरुप सरकारले सर्वदलीय बैठक आह्वान गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'
-
असदलाई छिट्टै भेट्नेछु : पुटिन
-
‘अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्छ’
-
एक करोड ४० लाखमा बन्यो देउराली प्रहरी चौकी
-
घरजग्गा कारोबारले गति लिँदै, मंसिरमा मात्रै ४५ प्रतिशतले बढ्यो