घरेलु मैदानको जितसँगै मनाङलाई दुई अङ्कको अग्रता

घरेलु मैदानको फाइदा उठाउँदै मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ । पोखरा रंगशालामा कप्तान अञ्जन विष्टको २ तथा वैकल्पिक खेलाडी निशान लिम्बूको १ गोलमा मनाङले पुलिसलाई ३-१ अन्तरले हराएको हो ।
घरेलु मैदानमा पहिलो हाफमा अग्रता बनाए पनि रोकिएको मनाङ दोस्रो हाफमा पुलिसविरुद्ध दुई गोल गर्न सफल भयो । खेलमा पहिलो गोल अञ्जनले गरे । डिफेन्डर दिनेश राजवंशीको लामो पासमा पुलिसका गोलकिपर रोशन खड्का आउट अफ पोजिसन रहदा बल पाएका अञ्जनले खाली पोष्टमा सहज गोल गरे ।
३५औँ मिनेटमा मनाङ डिफेन्डर सरोज योञ्जन लामाले १८ यार्ड बक्सभित्र पुलिसका फरवार्ड निरकुमार राईमाथि खराब फाउल गरे । त्यसपछि पुलिसले पेनाल्टी पाएको थियो । सोही पेनाल्टीमार्फत सुमन लामाले पुलिसका लागि बराबरी गोल फर्काएका हुन् ।
७३औँ मिनेटमा अञ्जनले फ्रि-किकमार्फत दोस्रो गोल गर्दै पुन: अग्रता दिलाए । पुलिसका डिफेन्डर सन्तोष हेमरूनले १८ यार्ड बक्सको एजमा बल ह्यान्ड गरेसँगै मनाङले फ्रि-किक पाएको थियो । अञ्जनले पुलिसको डिफेन्सिभ वालको दायाँतर्फबाट गरेको प्रहार सोझै गोलमा परिणत भयो । खेलको ८३ मिनेटमा मनाङले ३-१ को अग्रता बनायो । वैकल्पिक खेलाडी निशान लिम्बूले पनि गोल गरे । ओलावालेको प्रहार गोलरक्षक रोशनले पन्च गरेको रिबाउण्डमा निशानले गोल गरेका थिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो पटक ए डिभिजन लिगलाई मोफसलमा लगेको हो । घरेलु मैदानमा पहिलो खेलमै मनाङ ३ अंक जोड्न सफल भयो । जितसँगै मनाङको पाँच खेलबाट १३ अंक बनाउँदै शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानको मच्छिन्द्रको ११ अंक छ । पराजित पुलिसको पाँच खेलबाट ५ अंकसहित आठौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बुँदे घोषणापत्र जारी गर्दै सकियो युवा सम्मेलन
-
सुपथ मूल्यका औषधी तीन वटै तहमा उपलब्ध गराउनका लागि सहजीकरण समिति गठन
-
शान्तिपूर्ण आन्दोलन भड्काउने काम नहोस् : कमल थापा
-
राति १० बजेपछि होटल रेष्टुरेन्ट बन्द गराएको भन्दै सीडीओलाई व्यवसायीको ज्ञापनपत्र
-
‘राति मुसा समाउने, बिहान पूजापाठ गर्ने अभिनय राजनीतिमा सुरु भयो’
-
कलाकारलाई प्रधानमन्त्रीकाे प्रश्न : दार्जलिङको रेलमा गीत बनाउनुहुन्छ, जनकपुरको किन नदेखेको ?