शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी प्रदेश २ को अधिवेशन : बन्दसत्र विवादका कारण स्थगित

शनिबार, ०३ पुस २०७८, १५ : ३८
शनिबार, ०३ पुस २०७८

नेकपा माओवादी केन्द्र प्रदेश २ को प्रथम अधिवेशनको बन्द सत्र स्थगित भएको छ । शनिबार सर्लाहीको लालबन्दीमा हुने भनिएको बन्द सत्र विवादका कारण स्थगित भएको हो ।

अधिवेशन प्रतिनिधि छनोटमा विवाद देखिएपछि भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको माओवादी केन्द्र प्रदेश २ का अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिए । प्रायः जिल्लाबाट तोकिए भन्दा बढी प्रतिनिधि आएको हुनाले सो समस्या समाधान नहुन्जेलसम्मका लागि आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको उनले बताए ।

यता अधिवेशनबाट २४१ सदस्यीय प्रदेश २ समिति बनाउने गृहकार्यमा जुटेको उनले बताए । प्रत्येक पालिकाबाट एक जना प्रदेश समितिमा प्रतिनिधिमूलक रहने छ भने प्रदेश तथा सङ्घीय निर्वाचन क्षेत्रलाई आधार र विगतको निर्वाचनबाट पार्टीलाई प्राप्त भएको मत अनुसार प्रदेश समिति चयन गर्ने मापदण्ड बनाइएको उनले बताए । भोलि हुने बन्दसत्रले २४१ सदस्यीय समिति चयन गर्नेछन् भने सो समितिको बैठकबाट अध्यक्षसहित पदाधिकारी चयन गरिने माओवादी केन्द्र प्रदेश समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप