आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

चलाउन नहुने अवस्थामा पनि गाडी गुडाउँदा दुर्घटना बढ्यो : मन्त्री यादव

शनिबार, ०३ पुस २०७८, १५ : १०
शनिबार, ०३ पुस २०७८

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले समयमा मर्मत नगरिएका गाडी गुडाउँदा दुर्घटना बढेको भन्दै सरोकारवालाहरूलाई सचेत गराएकी छन् । शनिवार नेपाल रिकन्डिसन अटो व्यवसायी संघको प्रथम राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री यादवले गाडी चलाउन नहुने अवस्थामा पनि गाडी गुडाउने गरेको कारणले दुर्घटना हुने गरेको बताइन् ।

सडकमा गुड्ने गाडीको समयमा मर्मतसम्भार गर्ने हो भने दुर्घटना धेरै घट्ने मन्त्री यादवको भनाइ थियो । रिकन्डिसन अटो व्यवसायीले सही अवस्थाको गाडी विक्री, वितरण गर्न र सञ्चालन गर्न सचेत गराइन् । उनले भनिन् – ‘तपाईंहरू आफ्नो कम्पनीमा गाडी ल्याउँदा ध्यान दिनुपर्छ, जथाभाबी गाडी ल्याएर फेरि बिक्री गर्ने होइन । वान ह्यान्ड गाडी चलाएको, ट्याक्सीमा चलाएको, भाडामा चलाएको, जर्जर अवस्थाको यसलाई क्याटागोराइज गर्नुपर्र्छ । त्यो गाडीको कन्डिसनको कारणले दुर्घटना नहोस् । तीन कारणले दुर्घटना हुने गरेको छ । ट्राफिकको कारणले, कन्डिसन नभएको कारणले र राम्रो चालक नभएको कारणले । यी कुरा एक अर्काका पूरक छन् । तर त्यसमा गाडीको दोष हुनुहुँदैन ।’

उनले रिकन्डिसन अटो व्यवसायी काठमाडौँ उपत्यका बाहिरका ठुला सहरहरूमा पनि लैजान सके सर्वसाधारणले सुविधा लिन सक्ने धारणा व्यक्त गरिन् । व्यवसायीहरूलाई प्रोत्साहन गर्न सरकार तयार रहेको भन्दै उनले व्यवसायीहरूलाई छलफलमा आउन पनि आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप