शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

तोकिए एमाले खोटाङका इन्चार्ज र सह–इन्चार्ज

शनिबार, ०३ पुस २०७८, १५ : ०२
शनिबार, ०३ पुस २०७८

नेकपा एमालेले खोटाङको इन्चार्ज र सह–इन्चार्ज तोकेको छ । एमाले प्रमुख सचेतक एवं पोलिटब्युरो सदस्य विशाल भट्टराईलाई इन्चार्ज र केन्द्रीय सदस्य उषाकला राईलाई सह–इन्चार्जको जिम्मेवारी दिएको हो । भट्टराई पुनः जिल्ला इन्चार्जमा दोहोरिएका हुन् । 

खोटाङकै एमालेका केन्द्रीय सदस्य खगेन्द्र राईलाई राष्ट्रिय जनसाँस्कृतिक महासंघ तथा सम्बद्ध संगठनहरुको इञ्चार्जको जिम्मेवारी दिइएको छ । केन्द्रीय सदस्यमा मनोनित रमेश पौडेलले नेपाल खेलकुद महासंघ सह–इञ्चार्जको भूमिका पाएका छन् । पौडेल नेपाल खेलकुद महासंघका केन्द्रीय कमिटी अध्यक्ष हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप