बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरीमा विद्यालयमै पुगेर बालबालिकालाई कोरोना खोप लगाइने

शनिबार, ०३ पुस २०७८, १४ : ५५
शनिबार, ०३ पुस २०७८

कोभिड–१९ को नयाँ भेरियन्ट देखिएसँगै महोत्तरीमा कोरोनाविरुद्धको खोप अभियानलाई तीव्र बनाइएको छ । महोत्तरीमा १२ देखि १७ वर्ष उमेरका बालबालिका तथा किशोर किशोरीलाई ७–११ पुसमा खोल लगाइने भएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भोला यादवका अनुसार सामुदायिक विद्यालयमै पुगेर विद्यार्थीलाई खोप लगाउनेछ । त्यसका लागि मोर्डना खोप आइसकेको उनले जनाए । ६–११ पुसमा बर्दिबास, गौशाला, भंगाहा, रामगोपालपुर, औरही, सम्सी र सोनामा पालिकामा खोप अभियान सञ्चालन गरिनेछ ।  

जलेश्वर, पिपरा, लोहारपट्टी, मटीहानी, मनरासिस्वा,बल्वा, र एकडारामा  भने १४–१८ पुसमा सामुदायिक विद्यालयका विद्यार्थीलाई खोप लगाइने छ ।  खोप लगाउन छुटेका तथा दोस्रो मात्रा लगाउन बाँकीले पनि खोप लगाउन पाउने उनले जानकारी दिए । महोत्तरीको कुल जनसंख्याको  झण्डै ६५ प्रतिशतले खोप लगाइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप