शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस खुला केन्द्रीय सदस्यको मतगणना जारी

शनिबार, ०३ पुस २०७८, १४ : ३३
शनिबार, ०३ पुस २०७८

नेपाली काँग्रेसको खुला तर्फका केन्द्रीय सदस्यको मतगणना चलिरहेको छ । केन्द्रीय कार्यालय सानेपामा विहान ११ बजेदेखि सुरु भएको मतगणनाको सुरुवाती परिणाम भने निर्वाचन समितिले सार्वजनिक गरेको छैन ।
गणनाका खटिएका अधिवक्ता रमेश जोशीले केही बेरमा प्रारम्भिक परिणाम सार्वजनिक गरिने बताए ।

३५ जना खुला केन्द्रीय सदस्यमा ९९ जनाको उम्मेदवारी परेको छ । जसमा गृहमन्त्री बालकृष्ण खाँडदेखि मन्त्रीहरु, सिनियर नेताहरु प्रतिस्पर्धामा छन् । यो प्रतिस्पर्धामा ६४ जना बाहिरिनेछन् । काँग्रेस पदाधिकारीको मतगणना सकिएर परिणाम पनि आइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप