बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पोखराको एक घरमा आगलागी

शनिबार, ०३ पुस २०७८, १४ : २६
शनिबार, ०३ पुस २०७८

पोखरामा एक घर जलेर नष्ट भएको छ । पोखरा ५ मदनमार्गको घरमा आगलागी भएको हो । अयोध्या बाटाजुको घरमा सन्चालित होटलबाट आगो लागेको घरधनीले बताएका छन् । राती आगलागी हुँदा घरमा रहेका सबै सामानहरु जलेर नष्ट भएका छन् भने घरसमेत बस्न नमिल्ने गरी जलेको छ ।

आगलागीपछि पोखरा महानगरपालिकाका दुईवटा दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप