विद्युतको खपत बढाउन ऊर्जामन्त्री भुसालको अपिल
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतको खपत बढाउन सबै क्षेत्रलाई अपिल गरेकी छन् । मन्त्री भुसालले विद्युतीय यातायातका साधनहरुको प्रयोग बढाउन पनि त्यस क्षेत्रका व्यवसायीलाई पुनः आग्रह गरिन् ।
शनिबार काठमाडौंको क्षेत्रपाटीस्थित छेत्रपाटी निःशुल्क चिकित्सालयले निर्माण गरेको अक्सिजन प्लान्टको उद्घाटन कार्यक्रममा बोल्दै उनले ऊर्जा क्षेत्रमा देखिएको संकट टार्न विद्युत पर्याप्त रहेको उल्लेख गर्दै यसको उपयोग बढाएर राष्ट्रिय अर्थतन्त्रको निर्माणमा योगदान पुर्याउन पनि सबै क्षेत्रलाई आग्रह गरिन् ।
मन्त्री भुसालले विद्युतको खपत बढाएर मुलुकको व्यापार घाटालाई न्यूनिकरण गर्दै लैजान सरकार लागि परेको पनि बताइन् । उनले सरकारले विद्युतको खपत बढाउन विद्युतको महसुल दर समेत घटाएको बताइन् ।
मन्त्री भुसालले भनिन्, ‘आफ्नै देशको जलस्रोत हो । यसबाट उत्पादित भएको विजुली सस्तो हुनुपर्छ भनेर मैले रेट पनि घटाएको जानकारी गराउँदछु । र ऊर्जाको क्षेत्रमा विद्युतको उपयोग गर्नुस् भनेर अपिल गर्न चाहन्छु । भान्सामा प्रयोग गर्ने एलपी ग्याँस होस वा उद्योग, कलकारखानामा प्रयोग गर्ने ऊर्जाको क्षेत्रमा होस् । अझ बढि यातायातको क्षेत्रमा पनि विद्युतीय यातायातका साधनहरुको प्रयोग बढाऔं । जसबाट वातावरणलाई स्वच्छ बनाउन सकिन्छ । सस्तो विद्युत प्रयोग गरेर राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिन्छ । र यसले असन्तुलित व्यापार घाटालाई न्यूनीकरण गर्न पनि सकिन्छ ।’
मन्त्री भुसालले सरकारले विद्युत बिक्रीका लागि भारतसँग सम्झौता गरिसकेको पनि स्मरण गराइन् । त्यस अवसरमा उनले सामुदायिक अस्पतालहरुले समूदायको स्वास्थ्य उपचारमा महत्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्दै ती अस्पतालहरुमा आवश्यक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताइन् । मन्त्री भुसालले हरेक स्थानीय सरकारले शिक्षा र स्वास्थ्यको उचित व्यवस्था गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको र त्यसको कार्यान्वयन भइरहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई