बेलायतमा एकैदिन कोरोना भाइरसका ९० हजारभन्दा बढी सङ्क्रमित भेटिए

बेलायतमा एकै दिन कोरोना भाइरसका ९३ हजार जनाभन्दा बढी सङ्क्रमित भेटिएका छन् । यहाँ कोरोना भाइरसको प्रकोप सुरु भए देखिकै सबैभन्दा धेरै सङ्क्रमितहरु देखिन थालेका हुन् । यहाँका स्वास्थ्य अधिकारीहरुले प्रकोप सुरु भएयताकै सबैभन्दा धेरै सङ्क्रमित बढेका बताइरहेका छन् ।
यहाँ शुक्रबार मात्र पनि ९३ हजार ४५ जना सङ्क्रमित भेटिएका छन् । यहाँ कोरोना भाइरस सुरु भए देखिकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका हुन् । यसअघि बिहीबार मात्र पनि यहाँ ८८ हजार ३७६ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका थिए । यसरी यहाँ महामारीको प्रकोप बढेको यो तेस्रो दिन हो ।
यसअघि पनि गत बुधबार मात्र पनि यहाँ ७८ हजार जनाभन्दा धेरै मानिसमा कोभिड सङ्क्रमणको पुष्टि भएको थियो । कोभिड महामारी सुरु भएयता एकैदिन यहाँ बढी मात्रामा सङ्क्रमित देखिएका हुन् । यो क्रम यहाँ शुक्रबार पनि बढेपछि बेलायतमा अहिलेसम्मकै सबैभन्दा बढी सङक्रमितहरु भेटिने क्रम बढेको पाइएको हो ।
यहाँ केही समययता हरेक दिन कोभिड १९ का सङ्क्रमितहरु बढ्दै गएको देखिएको छ । साथै यहाँ कोभिडको घातक मानिएको ओमिक्रोन पनि बढ्दो देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले ओमिक्रोनको सङ्क्रमण पनि दिन प्रतिदिन बढेको देखिएको बताएका छन् ।
यहाँ शुक्रबार मात्र पनि ३ हजार २०१ जनामा ओमिक्रोनको घातक संक्रमण फैलिएको देखिएको पनि अधिकरीहरुले जनाएका छन् । यो समेत गरी यहाँ ओमिक्रोनका अहिलेसम्म १४ हजार जनाभन्दा बढीमा संक्रमण पाइएको बताइएको छ ।
बेलायतको सरकारले कोभिड नियन्त्रणका लागि लकडाउन भइरहेका समयमा यसअघि गत जनवरीमा एकैदिनको सबैभन्दा धेरै ६८ हजार सङ्क्रमित पुष्टि भएको जनाएको थियो र त्यसपछि सबैभन्दा बढी शुक्रबार देखिएका बताइएको छ । यहाँ अहिलेसम्म एक करोड ११ लाखभन्दा बढी सङ्क्रमित पुगेका छन् । त्यसैगरी बेलायतमा यो संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४७ हजार भन्दा बढी पुगेको बताइएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले ९ लाख आप्रवासीको अनुमतिपत्र रद्द गर्यो, तुरुन्तै देश छोड्न आदेश
-
तीनकुनेको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा कमल विष्ट पक्राउ
-
अमेरिकामा नेतन्याहूले पाएनन् चाहेको समर्थन, ट्रम्पसँग देखियो मतभेद
-
अमेरिकाले लगाएको १०४ प्रतिशतको ट्यारिफबारे के भन्छ चीनको सरकारी मिडिया ?
-
अर्घाखाँचीमा आजदेखि दुई दिने पाणिनी तपोभूमि सम्मेलन हुँदै
-
मन्दिर परिसरमा हत्या गरिएको अवस्थामा पुरुषको शव फेला