बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

६७ देशबाट यात्रा गर्नेले आफ्नै खर्चमा ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने

शनिबार, ०३ पुस २०७८, ११ : २०
शनिबार, ०३ पुस २०७८

कोभिड १९ को नयाँ भेरियन्ट ओमीक्रोनको सङ्क्रमण बढेपछि सरकारले ६७ देशहरूबाट आवतजावत गर्ने यात्रुमाथि आफ्नै तवरमा होटल क्वारेन्टिनमा बस्न आदेश दिएको छ । 

पुस २ गते अध्यागमन विभागका निर्देशक मुकेश कुमार केसरीले एक विज्ञप्ति जारी गर्दै विभागले ६७ देशहरूलाई जोखिमपूर्णको सूचीमा राखेको जनाएका छन् । उनले ती देशहरूमा आवतजावत गर्ने नागरिकलाई पीसीआर विधिबाट कोभिड १९ को परीक्षण गरी ७ दिनसम्म होटल क्वारेन्टिन बस्न र रिपोर्ट नेगेटिभ आएपछि पनि थप ७ दिन होम क्वारेन्टाइनमा बस्न अनुरोध गरेका छन् ।  

सुरुमा अफ्रिकी देशहरूमा फेला परेको कोभिड १९ ओमिक्रोनको नयाँ भेरियन्ट विस्तारै युरोपेली र एसियाली देशहरूमा फैलिँदै गरेको र मन्त्रिपरिषद्को निर्णय अनुसार जोखिमयुक्त देशहरूबाट यात्रा गर्नेहरूमाथि यस्तो नीति जारी गरिएको विभागको भनाई छ । उल्लेखित ६७ देश बाहेक अन्य देशबाट नेपाल प्रवेश गर्ने तथा नेपालबाट बाहिरिने यात्रुहरूका लागि भने यसअघिकै नियम लागू हुने विभागले जनाएको छ । 

हेर्नुहोस् विज्ञप्ति 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप