बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

साफ महिला फुटबल च्याम्पियनसिप : नेपाल फाइनल नजिक

शनिबार, ०३ पुस २०७८, ०७ : १५
शनिबार, ०३ पुस २०७८

यू–१९ महिला साफ फुटबल च्याम्पियनसिपमा नेपाल भूटानलाई पराजित गर्दै फाइनल नजिक पुगेको छ । बङ्गलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रङ्गशालामा आज भएको खेलमा  भुटानलाई  ४–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको हो । नेपालसँग पराजित भएसँगै भुटान लिग चरणबाटै बाहिरिएको छ ।

नेपालको जितमा मेनुका आले मगरले २ गोल गरिन् भने कुसुम खतिवडा र रजनी थोकरले समान १÷१ गोल गरे । जितपछि अपराजित रहेको नेपालले चार खेलबाट सात अङ्क जोडेको छ । नेपाल अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । अब नेपालले लिगको अन्तिम खेल भारतसँग यही पुस ४ गते खेल्नेछ । 
  
नेपालले पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गरेको थियो । यसअघि भूटानले पहिलो खेलमा श्रीलङ्कलाई ५–० गोलले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा बङ्गलादेशसँग भूटान ६–० गोलले पराजित भएको थियो भने तेस्रो खेलमा भारतसँग ३–० गोलअन्तरले पराजित भएको थियो । 

पाँचौँ स्थानमा रहेको श्रीलङ्का लगातार तीन खेलमा हार बेहोर्दै अङ्कविहीन छ । श्रीलङ्का उपाधि होडबाट बाहिरिएको छ । पाँच राष्ट्र सहभागी उक्त प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप