शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

ओमिक्रोनबाट बच्न भारतमा अनावश्यक यात्रा र भीडभाड नगर्न आग्रह

शुक्रबार, ०२ पुस २०७८, २२ : ०८
शुक्रबार, ०२ पुस २०७८

भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोनबाट बच्न अनावश्यक भीडभाड र यात्रा नगर्न आग्रह गरिएको छ । ओमिक्रोनबाट सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएपछि भारतको सङ्घीय सरकारले उच्च सतर्कता अपनाउन आम नागरिकलाई शुक्रबार आग्रह गरेको हो ।  

“ओमिक्रोनको सङ्क्रमण तीव्ररूपमा फैलिएको पाइएको छ, अनावश्यक भीडभाड र अनावश्यक यात्रा नगर्नु हुन अनुरोध छ,” सरकारद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । भारतमा अहिलेसम्म १०१ जनामा ओमिक्रोन भाइरसको सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् । 

यसको सङ्क्रमण थप फैलिन नदिन कोरोनाभाइरसबाट बच्ने स्वास्थ्य मापदण्डहरू पालना गर्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ ।  भीडभाडमा नजाने, मास्क लगाउने, सेनिटाइजरको प्रयोग गर्ने, साबुन पानीले हात धुनेलगायतका कार्य गर्नुपर्ने उनीहरूको भनाइ छ । 

अहिले यात्रा गर्ने, भीडभाड गर्ने बेला होइन, यसमा लापरबाही गर्नु हुँदैन, त्यसैले अत्यावश्यक बाहेकका यात्रा र भीडभाड गर्दै नगर्नु, मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप