खुकुरी रमले देशभर विशेष साङ्गीतिक अभियान चलाउने
खुकुरी रमले चर्चित साङ्गीतिक समूहसँगको सहकार्यमा स्थापित कलाकारसँगै उदाउँदा कलाकारहरूलाई पनि प्रदर्शनको मौका दिने गरी देशका विभिन्न स्थानहरूमा विशेष साङ्गीतिक अभियान चलाउने भएको छ ।
पछिल्लो समयमा युवापुस्तामाझ चर्चित आर्बिटरी ग्रुपसँगको सहकार्यमा खुकुरी रमले देशका विभिन्न स्थानहरूमा नयाँ कलाकारहरूको प्रोत्साहनका लागि प्ल्याटफर्म उपलब्ध गराउने उद्देश्यले विशेष साङ्गीतिक अभियान सञ्चालन गर्न लागेको हो ।
खुकुरी रमले देशका विभिन्न जिल्लाका रेष्टुरेन्ट, क्लब, खुल्ला क्षेत्र, आउटडोर्स, इन्डोर्स लगायतका ठाउँहरूको छनौट गरी साङ्गीतिक कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको खुकुरी रमको उत्पादक ‘द नेपाल डिस्टीलरिज’का महाप्रबन्धक सुभाष लामिछानेले जानकारी दिए ।
सङ्गीतका नयाँ कलाकारहरूलाई देशभरका दर्शक श्रोतामाझ परिचय गराउने र उनीहरूलाई उत्साहित गरी नेपाली गीतसङ्गीतको समेत प्रवर्द्धन गर्ने उद्देश्यले बृहत् कार्यक्रम गर्न लागिएको उनको भनाई छ ।
देशका विभिन्न ठाउँमा गएर आर्बिटरीसँग आबद्ध कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन् । आर्बिटरीले सङ्गीतसँग सम्बन्धी देशैभर आयोजना हुने हालसम्मकै ठुलो अभियानको शुक्रबारबाट सुरु भएको छ ।