जनताको एजेण्डा उठाउने माओवादी नै हो भन्ने सन्देश गएको छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको आवाज बोल्ने पार्टी माओवादी नै भएको बताएका छन् । प्रतिगमनविरुद्धको आन्दोलनमा पार्टीको भूमिका, परिवर्तनका सवालमा अडान र समानुपातिक समावेशीताका सवालमा प्रष्ट नीतिका कारण जनताको एजेण्डा उठाउने पार्टी माओवादी नै हो भन्ने सन्देश प्रवाह भएको उनको भनाइ छ ।
शुक्रबार पार्टी निकट नेपाली जनप्रगतिशील मञ्चको अन्तर्राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले देशभित्र र बाहिरसमेत एजेन्डाप्रति माओवादी नै इमान्दार रहेको सन्देश गएको बताए । उनले राष्ट्रिय सम्मेलनबाट पार्टीलाई थप सशक्त बनाएर अघि बढाउन स्पष्ट कार्यदिशासहितको नीति र कार्यक्रम लिएर जाने बताए ।
‘अहिले देशभर विभिन्नस्तरका सम्मेलन भएका छन् । हामी राष्ट्रिय सम्मेलनको अन्तिम तयारीमा छौँ । संगठन सुदृढीकरणको अभियान विदेशमा पनि चलाउनुभएको छ’, प्रचण्डले भने, ‘नेपालको समाजवादी क्रान्तिलाई अघि बढाउने क्रममा विचारको विकास गर्ने, विकासको मोडल कस्तो बनाउने भन्ने जस्ता सन्दर्भमा नयाँ कार्यक्रम र योजना विकास गर्नुछ ।’ उनले पार्टीले समानुपातिक समावेशिताको सन्दर्भमा गरेको निर्णयले पार्टी र जनतामा नयाँ उत्साह पैदा भएको पनि बताए । उनले पार्टीलाई चुस्त, विचारमा स्पष्ट, जन सम्बन्धमा आधारित बनाउन लागिपर्ने पनि सो क्रममा बताए ।
देशमा प्रतिक्रियावादी र परिवर्तनकारी शक्ति रहेको उल्लेख गर्दै प्रचण्डले प्रतिक्रियावादी शक्तिलाई परास्त गर्न परिवर्तनकारी शक्तिहरु एक ठाउँमा हुनुपर्नेमा पनि जोड दिए । प्रचण्डले हालै सम्पन्न एमालेको महाधिवेशनलाई संकेत गर्दै भने,‘एकथरी पार्टीहरु विचार र मूल्य मान्यतालाई तिलाञ्जली दिएर पञ्चायती शैलीमा भेला गरिरहेका छन् । विचार र सिद्धान्तको विषयमा चर्चा परिचर्चा छैन ।’
उनले आफूहरुले सबै खालको भेलामा विचार र राजनीति केन्द्रीत भएर छलफल र निर्णय लिएको भन्दै राष्ट्रिय सम्मेलनबाट नयाँ विचारका साथ अघि बढ्ने पनि स्पष्ट गरे । भेलामा माओवादीको प्रवास समन्वय समितिका इन्चार्ज नारायणकाजी श्रेष्ठ, सह इन्चार्ज लक्ष्मण पन्त, अध्यक्ष ओम शर्मा, सचिव टीबी पाठक,जनसम्पर्क समितिका क्षेत्रीय अध्यक्ष लगायतको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई १ लाख २० हजार पुरस्कार
-
सभामुख अर्यालद्वारा शुक्लाफाँटा निकुञ्जको अवलोकन
-
कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित
-
विश्व वातावरण दिवसमा बिरुवा रोपिए
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण