बुधबार, २३ माघ २०८१
ताजा लोकप्रिय

‘बजाज खुशीका तीन डोज’ विजेता बने गुप्ता

शुक्रबार, ०२ पुस २०७८, २० : ३०
शुक्रबार, ०२ पुस २०७८

नेपालका लागि बजाजको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड को प्रालिले ‘बजाज खुशीको तीन डोज’ का विजेता घोषणा गरेको छ । वडादसैंँ, तिहार र छठको अवसरमा शुरु गरिएको यो योजनाको विजेता लालबन्दीका बिट्टुकुमार गुप्ता भएका छन् । अर्किड्ज मोटर्स प्रालिबाट मोटरसाइकल खरिद गरेका उनले १० लाख रुपैयाँ जितेका बिक्रेता कम्पनीले जानकारी दिएको छ ।

यस अफर अन्तर्गत ग्राहकहरूले बजाज मोटरसाइकल किन्नुअघि, किन्दा र किनिसकेपछि नगद पुरस्कार प्राप्त गर्ने अवसर थियो । साथै, ग्राहकहरूले बाइक किन्नुभन्दा पहिले १० हजार रुपैयाँसम्मको अग्रिम नगद प्राप्त गर्ने अवसर पनि थियो । 

त्यसबाहेक, उपभोक्ताहरूले मोटरसाइकल खरीद गर्ने बेला एक लाख रुपैयाँसम्मको नगद रुपैयाँ प्राप्त गर्ने अवसर पनि थियो । बम्पर अफरमा भने कुनै पनि आधिकारिक डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने अवसर थियो।

१० लाख रुपैयाँ विजेता गुप्ताले पुरस्कार जित्न पाउँदा आफू अत्यन्तै खुशी भएको बताउँदै योजना सञ्चालन गरेको बजाज मोटरसाइकललाई धन्यवाद दिए । हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक शेखर गोल्छाले खुुशीका तीन डोजमा सहभागी उपभोक्ताहरूलाई हार्दिक धन्यवाद र विजेताहरूलाई हार्दिक बधाई दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप