खुकुरी रमले देशभर विशेष सांगीतिक अभियान थाल्यो
खुकुरी रमले देशभर विशेष सांगीतिक अभियान थालेको छ । पछिल्लो समय युवापुस्तामाझ चर्चित आर्बिटरी ग्रुपसँगको सहकार्यमा खुकुरी रमले देशका विभिन्न स्थानहरूमा नयाँ कलाकारहरूको प्रोत्साहनका लागि प्ल्याटफर्म उपलब्ध गराउने उद्देश्यले शुक्रबारदेखि विशेष सांगीतिक अभियान थालेको हो ।
चर्चित सांगीतिक समूहसँगको सहकार्यमा उदाउँदा कलाकारहरूलाई पनि प्रदर्शनको मौका दिनेगरी देशका विभिन्न स्थानहरूमा विशेष सांगीतिक अभियान थालिएको खुकुरी रम उत्पादक ‘द नेपाल डिस्टीलरिज’का महाप्रबन्धक सुभास लामिछानेले जानकारी दिए । हालसम्मकै सबैभन्दा पृथक र वृहत सांगीतिक अभियान हुने खुकुरी रमको दाबी छ ।
देशका विभिन्न ठाउँमा गएर आर्बिटरीसँग आबद्ध कलाकारहरूले आफ्नो प्रस्तुती दिनेछन् । जिल्लाहरूका रेष्टुरेन्ट, क्लब, खुल्ला क्षेत्र, आउटडोर्स, इन्डोर्स लगायतका ठाउँहरूको छनौट गरी सांगीतिक कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेकोसंगीतका नयाँ कलाकारहरूलाई देशभरका दर्शक/श्रोतामाझ परिचय गराउने र उनीहरूलाई उत्साहित गरी नेपाली गीत संगीतको समेत प्रवद्र्धन गर्ने उद्देश्यले बृहत कार्यक्रम गर्न लागिएको लामिछानेको भनाइ छ ।
स्थापितसँगै नयाँ कलाकारहरूको प्रस्तुतिमा झुम्नका लागि तयार रहन संगीत प्रेमीलाई खुकुरी रमले आह्वान गरेको छ । आर्बिटरीका संस्थापक वीपीन नकर्मीले संगीत र कलाकारहरूलाई सहयोग गर्ने हेतुले आर्बीटरी ग्रुपले पुनः खुकुरी रमसँग सहकार्य गर्न पाउँदा आफूहरू खुशी भएको बताए । उनले भने, ‘खुकुरी रमसँग सहकार्य गरी आर्बीटरीले पप, रक, स्लो रक लगायत गीत संगीतका विविध विधासँग सम्बन्धित कलाकारहरूसँग अनुबन्ध गरी ३ महिने अभियान संचालन गर्न लागेको छ । यो अभियानमा केही स्थापित कलाकारसँग उदाउँदा कलाकारहरूले समेत स्टेज सेयरिङको मौका पाउनेछन् ।’
खुकुरी रमले यसअघिका वर्षहरूमा पनि फरक अवधारणासहित ‘खुकुरी म्युजिक नेशन’ आयोजना गरेको थियो । खुकुरी रम नेपालको अत्यन्त रुचाइएको ब्रान्ड हो । यसको गुणस्तर सर्वश्रेष्ठ रहँदै आएको छ । नेपाल डिस्टिलरिज संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी पनि हो ।
६२ वर्षअघिबाट उत्पादन सुरु भएको खुकुरी रमले ग्राहकहरूको मनमा एकछत्र राज गरिरहेको छ । हाल नेपालबाहेक १३ देशका बजारमा समेत उपलब्ध हुँदै आएको खुकुरी रमको प्याकेजिङ केही समयअघिदेखि स्थानीय र अन्तराष्ट्रिय बजारमा एकैसाथ परिवर्तन गरिएको छ ।