प्रचण्डमाथि लगाएको आरोप पुष्टि गर्न ओलीलाई शिक्षामन्त्री पौडेलको चुनौती
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले पूर्व राजा ज्ञानेन्द्रसँग पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच बुँदे सहमति गरेको भन्ने आरोप गलत भएको बताएका छन् ।
शुक्रबार कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पसमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले राजासँग प्रचण्डको सम्झौताबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति झुटो रहेको दाबी गरे ।
उनले राजा र प्रचण्डबीच पाँच बुँदे सहमति भएको पुष्टि गर्न ओलीलाई चुनौतीसमेत दिए । अन्यथा ओलीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने उनको भनाइ थियो । एमाले अध्यक्ष ओलीले प्रचण्ड र राजाबीच पाँच बुँदे सहमति भएको दाबी गरेका थिए । ओलीको सो दाबीलाई लक्षित गर्दै मन्त्री पौडेलले प्रश्न गरे, ‘प्रचण्डको नेतृत्वमा गणतन्त्र ल्याउने आन्दोलन चलिरहेको बेला नेकपा एमालेका अध्यक्ष केपी ओली कहाँ हुनुहुन्थ्यो ?’
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा अखिल (क्रान्तिकारी)का पूर्व अध्यक्षसमेत रहेका पौडेलले निकट भविष्यमा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने दाबी गरे । उनले भने, ‘फेरि एकपटक माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने संकल्प गरेका छौं ।’ उनले देशको राजनीतिक परिवर्तनका लागि अखिल क्रान्तिकारीले सबैभन्दा बढी संघर्ष गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण