काँग्रेसको प्रदेश २ अधिवेशन पुस ६ र ७ गते
शुक्रबार, ०२ पुस २०७८, १९ : १५
राष्ट्रिय महाधिवेशन गरिसकेको नेपाली काँग्रेसले प्रदेश २ को प्रथम अधिवेशन यही पुस ६ र ७ गते गर्ने भएको छ । महाधिवेशन अघि नै ६ वटा प्रदेशको अधिवेशन गरिसकेको काँग्रेसले प्रदेश २ मा भने अधिवेशन स्थगित गरेको थियो । केही जिल्लामा विवादका कारण अधिवेशन हुन नसकेका कारण प्रदेश २ को अधिवेशन स्थगित गरिएको थियो ।
काँग्रेस केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले प्रदेश २ को अधिवेशन यही पुस ६ र ७ गते जनकपुरधाममा गर्ने निर्णय गरेको निर्वाचन समिति सदस्य सीताराम केसीले जनाए । काँग्रेसको १४ औ महाधिवेशन सम्पन्न भएसँगै प्रदेश २ को अधिवेशनको मिति टुंगो लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण