विद्यालय शिक्षालाई सहयोग गर्न नाटक

सांस्कृतिक संस्थानले विद्यालय शिक्षालाई सहयोग गर्न नाटक सुरु गर्ने भएको छ । संस्थानका महाप्रबन्धक अशोककुमार राईले विभिन्न पाठ्यक्रममा भएका कृतिहरू माथि नाटक मञ्चन गरेर देखाइने बताए। अध्ययन अध्यापनमा हप्ता दिन लाग्ने एक चिहान उपन्यास नाटक २ घण्टामा हेरेर बुझ्न सकिने बताए। नाटक हेरेका विद्यार्थीहरूको मन मस्तिष्कमा पनि चाँडो यसको छाप बस्ने भएकोले शैक्षिक पाठ्यक्रममा भएका कृतिहरूमा नाटक सुरु गर्न लागिएको बताए। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा महाप्रबन्धक राईले सांस्कृतिक संस्थानप्रतिको विश्वासलाई मध्यनजर गरेर विद्यार्थी, शिक्षक र विद्यालयहरूले हृदयचन्द्र सिंह प्रधानको उपन्यास ‘एक चिहान’ बाट नाटक सुरु गर्ने बताए। महाप्रबन्धक राईले पढेर भन्दा हेरेर विद्यार्थीहरूमा नाटकको प्रभावकारिता बढिरहेकोले नाटक मञ्चन गर्न लागेको बताए ।
महाप्रबन्धक राईले भने, ‘साँस्कृतिक संस्थानले पहिलेदेखि नै नाटकहरू गर्दै आएको हो । यसमा हृदयसचन्द्रसिंह प्रधानको एक चिहान कक्षा १२ मा समेटिएको छ । धेरै कलेज र विद्यार्थीहरूले नै यो मञ्चन गर्नुपर्छ भनेर रिक्वेस्ट आइरहेको थियो । बीचमा कोभिडका कारणले गर्दा क्लासहरू भएन, धेरै कलेज, विद्यार्थीहरूबाट यो नाटक गर्नुपर्छ भन्ने रिक्वेस्ट आएकोले हामीले गरेका हौँ । यसमा के छ भने पढाइको जुन पद्धति छ, उपन्यास पढ्दा विद्यार्थीहरूले जति महिनेत गर्नुपर्छ, शिक्षकहरूले बुझाउन जति मिहिनेत गर्नुपर्छ, तर नाटक प्रभावकारी रूपमा मञ्चन गरिदियो भने बच्चाहरूले रमाई रमाई कति हप्ता लगाएर पढ्ने, बुझ्ने कोर्सलाई उनीहरूले दुई घण्टामा नै बुझ्छन् । यो भन्दाअघि आएर नाटक हेरेका विद्यार्थीहरूले महिनौँ घोकेको पढेको भन्दा राम्रोसँग बुझेको कुराहरू गरेका छन् । शिक्षकहरूले पनि हामीले नबुझेका कुराहरू पनि रहेछन् भन्ने कुराहरू राख्नुभएको छ । नाटक हेरेपछि विद्यार्थीहरूको उत्तर दिने तरिका पनि धेरै परिवर्तन भयो । धेरै प्रभावकारिता देखियो ।’
महाप्रबन्धक राईले पुस ३ गतेदेखि नाटक नियमित मञ्चन हुने बताए । उहाँले सांस्कृतिक संस्थानले विभिन्न नाटक, कथा, उपन्यासहरुलाई नाट्य रुपान्तरण गरेर काठमाडौँमा मात्रै नभइ बाहिर पनि विद्यार्थीहरूलाई देखाउने तयारी गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत
-
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको उर्दी