सरकारले ५७ वटा जिल्लाका बालबालिकालाई खोप दिँदै
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका ५७ वटा जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप दिने भएको छ । १२ देखि १७ वर्ष उमेरसम्मका बालबालिकालाई पौष ४ गतेदेखि १४ गतेसम्म पहिलो मात्रा र माघ २ देखि १२ गतेसम्म दोस्रो मात्रा दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
साथै यसअघि १२ वर्ष माथिका दीर्घ रोगीहरूका लागि फाइजर खोप सञ्चालनमा भएका १९ जिल्ला र सिन्धुली गरी २० जिल्लामा फाइजर खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार, बागमती ६ जिल्ला कर्णालीको १ र सुदूरपश्चिमको १ गरेर ८ जिल्लामा पौष १३ देखि २२ गतेसम्म पहिलो मात्रा र माघ ४ देखि १२ गते दोस्रो मात्रा दिइँदै छ भने बाँकी १२ जिल्लामा खोप सञ्चालनको मिति पछि निर्धारण गरिने छ
यस्तै, फाइजर खोप पहिला ८ वटा जिल्लामा पुस १३ देखि २२ गतेसम्म सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । बागमती प्रदेशमा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन र सिन्धुली र सुदूरपश्चिम प्रदेशमा डडेलधुरा र कर्णाली प्रदेशमा सुर्खेतमा यही पौष १३ गतेदेखि २२ गतेसम्म पहिलो मात्रा खोप दिइने छ । दोस्रो मात्रा माघ ४ गतेदेखि १३ गतेसम्म दोस्रो मात्रा दिइने छ । यस्तै झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बागलुङ, रुपन्देही, बाँके, दाङ र कैलाली जिल्लामा भने फाइजर खोप लगाउने मिति तोकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण